जानकी फाइनान्स लिमिटेडले आफ्नो २७ औं र २८ औं वार्षिक साधारण सभा आगामी पुस १९ गते गर्ने भएको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा बिहान ८ बजे जनकपुरधामस्थित मसाला कटेज, तिरहुतिया गाछीमा बस्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ।
कम्पनी ऐन २०६३ को दफा ११३ अनुसार लेखापरीक्षक नियुक्तिको विषयमा पनि निर्णय हुनेछ। कार्यालयको स्वीकृति अनुसार आ.व. २०८०/८१ का लागि देवकी विजय एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स र आ.व. २०८१/८२ का लागि बी.के. अग्रवाल एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई प्रदान गरिएको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गरिनेछ।
सभाले जानकी फाइनान्सलाई अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने/गाभिने, प्राप्ति गर्ने वा वैदेशिक रणनीतिक साझेदारीमा जाने सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया