ईङवा हाईड्रोपावरको वित्तीय फड्को: घाटाबाट १ करोड ३५ लाख नाफामा, विद्युत बिक्री आम्दानी पनि बढ्यो

ईङवा हाईड्रोपावरको वित्तीय फड्को: घाटाबाट १ करोड ३५ लाख नाफामा, विद्युत बिक्री आम्दानी पनि बढ्यो

ईङवा हाईड्रोपावर लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म घाटाबाट बाहिरिँदै नाफामा फर्किएको छ। कम्पनीले यस अवधिमा १ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी २९ लाख ९६ हजार रुपैयाँ घाटामा थियो।

नाफा सुधार हुनुको प्रमुख कारण विद्युत बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमी हो। अघिल्लो वर्ष १३ करोड १ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी बढेर समीक्षा अवधिमा १५ करोड ५० लाख रुपैयाँ पुगेको छ। यस्तै, कम्पनीको वित्तीय खर्च ७ करोड २ लाख रुपैयाँबाट घटेर ५ करोड ९६ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ०२ पैसा र मूल्य आम्दानी अनुपात १२१.४५ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स