उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। माल्टामा आयोजित युरोपेली क्षेत्रीय सम्मेलन २०२५ मा उनले सरकार लगानीको सुरक्षा र सहज वातावरण बनाउन पूर्ण प्रतिबद्ध रहेको बताए।
उनका अनुसार, नेपालमा कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ, र सरकारले आवश्यक कानुनी संरचना तयार गरिसकेको छ। नेपालमा उत्पादन भएका वस्तुहरू सहजै निर्यात गर्न सकिने भएकाले भारतपछि दक्षिण एसियामा नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको उनले दाबी गरे।
कार्यक्रममा एनआरएनए आइसीसीका महेश अधिकारी, लगानी बोर्ड नेपालका सीईओ सुशील ज्ञवाली लगायत अन्य विशिष्ट व्यक्तिहरू सहभागी थिए।




















प्रतिकृया