भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने

भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने

भारत सरकारले आर्थिक वर्ष २०२६/०२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। आइतबार भारतीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सीतारमणले नेपालका लागि उक्त अनुदान विनियोजन गरिएको जानकारी दिएकी हुन्।

यो रकम नेपाली मुद्रामा करिब १२ अर्ब ८० करोड रुपैयाँ बराबर पर्छ। चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ८ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ । यसअघि सुरुमा भारतले ८ सय करोड अनुदान दिने घोषणा गरे पनि पछि संशोधन गरेर ८ सय ३० करोड पुर्‍याएको थियो ।

भारतको आगामी बजेटमा छिमेकी मुलुकहरूमध्ये सबैभन्दा बढी अनुदान भुटानलाई प्रदान गरिने उल्लेख छ। भुटानले आर्थिक वर्ष २०२६/०२७ मा २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान प्राप्त गर्नेछ।

यसका साथै, भारतले माल्दिभ्सलाई ५ सय ५० करोड, श्रीलंकालाई ४ सय करोड, म्यानमारलाई ३ सय करोड, अफगानिस्तानलाई १ सय ५० करोड, बंगलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड तथा मंगोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान दिने जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स