दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, कुनको कति कित्ता ?

दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, कुनको कति कित्ता ?
AdvertisementAds

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र हिमालयन बैंकले आफ्ना संस्थापक सेयर बिक्रीमा राखेका छन्।

प्रभु महालक्ष्मी लाइफले संस्थापक समूहका १ लाख ५५ हजार ८०० कित्ता सेयर बिक्रीमा राखेको छ भने हिमालयन बैंकले १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्रीमा उपलब्ध गराएको छ।

हालसम्म, यी सेयर खरिदका लागि केवल विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आवेदन प्रभु महालक्ष्मी लाइफको लागि काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा र हिमालयन बैंकको लागि कमलादीस्थित बैंकको कानुन विभागमा पेश गर्न सकिनेछ।

बैंकहरूले जनाएअनुसार, तोकिएको अवधि भित्र संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि आवेदन नदिएमा बाँकी सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स