आज जेन जी युवाहरूले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनको प्रभाव सेयर बजारमा पनि देखिएको छ। नयाँ बानेश्वरमा भएको आन्दोलनले समयक्रमसँगै उग्र रुप लिँदा बजारमा दबाब परेको देखिन्छ। बजार २७०६ मा खुलेको थियो, तर करिब दुई घण्टा नबित्दै नेप्से परिसूचक २७०० तल झरेको थियो। अन्ततः आज नेप्से परिसूचक ३५.९९ अङ्कले घटेर २६७२.२५ मा बन्द भएको छ। आज १३ उपसमूह सबै घटेका छन्। बजारमा कुल ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ। ३२० कम्पनीका १ करोड १७ लाख हजार सेयर बजारमा कारोबार भएका छन्। यस दिन नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
मार्गमा जेन जी युवाहरूको प्रदर्शन थप उग्र बन्दै गएपछि केही क्षेत्रमा तनावको स्थिति सिर्जना भएको थियो। प्रदर्शनको क्रममा केही अप्रिय घटना पनि भएका छन्, जसमा केही घाइते र मृत्युको समाचार समेत आएका छन्। विशेष गरी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले संसद भवनको गेट तोड्ने प्रयास गरेका थिए भने प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। घटनास्थलमा भएको भिडभाड र तनावको प्रभावले काठमाडौं उपत्यकाका सडकहरूमा अव्यवस्था सिर्जना गरेको थियो।
नेप्से ३५.९९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३५.९९ अङ्कले घट्दा २२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: हिम स्टार उर्जा, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र पिपुल्स पावर रहेको छ।

नेप्से ३५.९९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३५.९९ अङ्कले घट्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: विकास हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, ग्रीन बैंक, थ्री स्टार हाइड्रोपावर, र पाँचथर पावर रहेको छ।


प्रतिकृया