नेपालमा समाजवाद निर्माण गर्न नसके मलाई फाँसीमा चढाउनुस्: वामदेव गौतम



Advertisement
Ads

राष्ट्रिय सभा सदस्य र पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसके आफूलाई मृत्युदण्ड दिइने माग गरेका छन्। आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै, राष्ट्रपतिबाट मनोनित सांसद र नेकपा एकता अभियानका नेता गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताएका छन्।


Advertisement

उनले भने, “समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहन्छु। यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस्। वर्ष तोकेर समाजवाद ल्याउन सकिएन भने मलाई फाँसीमा चढाउनुस्।”


Advertisement

गौतमले १० वर्ष भित्र नेपाललाई युरोपियन स्तरमा पुर्याउन सकिने दावी गरे। उनले समाजवाद ल्याउनका लागि १४ खर्ब रुपैयाँ वार्षिक खर्च गर्ने आधार आफूसँग रहेको पनि उल्लेख गरे। गौतमका अनुसार, पुँजिवाद अब नेपालमा थप अगाडि जान सक्ने अवस्था छैन, र पुँजिवादबाटै समाजवादको निर्माण सम्भव छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर