फोन किन्ने सोचमा हुनुहुन्छ, यी हुन् १५ हजारमा आउने राम्रा फोनहरु

फोन किन्ने सोचमा हुनुहुन्छ, यी हुन् १५ हजारमा आउने राम्रा फोनहरु
AdvertisementAds

स्मार्टफोन अहिले हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ। कसैलाई फोन गर्न होस् वा फेसबुक, टिकटक र 3युट्युब जस्ता सामाजिक सञ्जाल चलाउन। यी सबै कार्य गर्न राम्रो स्मार्टफोन आवश्यक पर्छ। आफन्तहरुसँग सम्पर्कमा रही रहने उद्देश्यले चलाउन सुरु गरेको फोनले अहिले हाम्रो दैनिक जीवन सहज बनाउने साथी बनिरहेको छ। 

पछिल्लो एक दशकमा नेपाली बजारमा थुप्रै स्मार्टफोन कम्पनी भित्रिएका छन। प्रतिस्पर्धात्मक बजारले मोबाइल फोन कम्पनीहरुलाई बजेट रेन्जमा फोकस गरेर राम्रा फोन ल्याउन प्रेरित गरिरहेको छ। आजपनि धेरैलाई राम्रो फोन किन्न ठूलो पैसा खर्च गर्नुपर्छ भन्ने लाग्छ। तर स्मार्टफोन कम्पनीहरुले सस्तो बजेटमा पनि राम्रा फोन बजारमा ल्याएका छन्। थोरै पैसाको फोन किन्दा प्रयोगकर्ताले पनि केही कुरामा भने कम्प्रमाईज भने गर्नुपर्ने हुन्छ। 

हामीले मोबाइल फोन किन्दा विषेशगरी फोनको ब्याट्री कति दिन वा कति घण्टा टिक्छ,चाहेको सुविधा छ कि छैन, डिस्प्ले के कस्तो छ, क्यामेराले फोटो कस्तो खिच्छ,फोनमा कति स्टोरेज छ लगायत अन्य विशेषता मा बढी ध्यान दिने गर्छौ। हामीले यस्तै विशेषताका आधारमा, केही मोबाइल फोनहरु को सूची बनाएका छौं । जसलाई नेपाली बजारमा १५ हजार भन्दा कम मूल्यमा किन्न सकिन्छ।

यस लेखमा हामीले १५ हजार भन्दा कम मूल्यका ६ ओटा स्मार्टफोन लिएका छौं। जसमा रियल-मी C५५, भिभो Y17S, इन्फिनिक्स HOT30I, अनर X5 Plus, ग्यालेक्सी ए o५ र रियल मी 13C रहेका छन। हामीले फोनलाई पहिलो दोश्रो भनेर र्यांक भने गरेका छैनौं। 

रियल मी C55

AdvertisementAds

रियलमी C55 नेपाली बजारमा १५ हजार ४९९ रुपैयाँमा किन्न सकिन्छ। यसमा ५०MP+२MP डुअल ब्याक क्यामेरा, ८MP सेल्फी क्यामेरा, ५,०००mAh ब्याट्री र ३३-वाट फास्ट चार्जिङको सुविधा रहेको छ। फोनमा ६.७२ इन्चको डिस्प्ले, ६ जीबी र्याम, ६४ जीबी स्टोरेज रहेको छ। फोनमा फिङ्गरप्रिन्ट सेन्सर पनि दिइएको छ। यसअघि यो फोनको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको थियो। यसमा हेलीयो जि ८८ चिपसेट प्रयोग गरिएको छ। 

भिभो Y17s

भिभो Y17s नेपाली बजारमा १४ हजार ९९९ रुपैयाँमा किन्न पाईन्छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २.४ मेगापिक्सेलको डेप्थ सेन्सर, ८ मेगापिक्सेलको सेल्फी क्यामेरा, र ५,०००mAh को ब्याट्री छ। जसले धेरै बेर सम्म फोनको ब्याट्री टिक्न सहयोग पुर्याउँदछ। यस फोनमा ६.५६ इन्चको डिस्प्ले, ४ जीबी र्याम र १२८ जीबी इन्टर्नल मेमोरी, र १५ वाटको फास्ट चार्जिङ सुविधा सहित फिङ्गरप्रिन्ट सेन्सर रहेको छ। फोनमा हेलीयो जि ८५ चिपसेट प्रयोग गरिएको छ।

अनर X5 प्लस

नेपाली बजारमा अनर X5 प्लस को स्मार्टफोन १३ हजार ९९० रुपैयाँमा पाइन्छ। यसमा ५० मेगापिक्सलको मुख्य क्यामेरा र २ मेगापिक्सलको डेप्थ सेन्सर साथै ५ मेगापिक्सलको सेल्फी क्यामेरा पनि उपलब्ध छ। फोनमा ५२०० mAh ब्याट्री रहेको छ। फोनमा ६.५६ इन्चको डिस्प्ले, ४ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरीले रहेको छ। यसमा पनि फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ भने फोनमा हेलियो जि ३६ चिपसेट प्रयोग गरिएको छ।

रेडमी 13C

रेडमीलेले नेपालमा १३ हजार ९९९ रुपैयाँमा रेडमी 13C स्मार्टफोन सार्वजनिक गरेको छ। यसमा ५० मेगापिक्सलको ब्याक क्यामरा र ८ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ। फोनमा ५,०००mAh को ब्याट्रीले दिइएको छ । यसमा ६.७४ इन्चको डिस्प्ले र ४जीबी र्यामका साथमा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ। यही फोनमा १२८ जीबी स्टरेजको मूल्य भने १५ हजार। ९९९ राखिएको छ। यसमा पनि फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ भने फोनमा हेलियो जि ८५ चिपसेट प्रयोग गरिएको छ।

सामसुङ ग्यालेक्सी A05 

सामसुङको ग्यालेक्सी A05 नेपाली बजारमा १४ हजार ९९९ रुपैयाँमा किन्न पाइन्छ। फोनमा ५० मेगापिक्सल सहित थप २ मेगापिक्सलको ब्याक क्यामेरा र ८ मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ। ५,०००mAh को ब्याट्री र २५ वाटको फास्ट चार्जिङछ। फोनमा ६.७ इन्चको डिस्प्ले, ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ। यसमा पनि फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ भने फोनमा हेलियो जि ८५ चिपसेट प्रयोग गरिएको छ।

इन्फिनिक्स हट 30I

इन्फिनिक्स हॉट 30I नेपाली बजारमा १४ हजार ४९९ रुपैयाँमा किन्न पाइन्छ। यसमा ५० मेगापिक्सलको व्यक क्यामेरा, ८ मेगापिक्सलको सेल्फी क्यामेरा र ५०००mAh को ब्याट्री दिइएको छ। फोनमा ६.५७ इन्चको ९०Hz रिफ्रेश रेट रहेको डिस्प्ले दिइएको छ,भने ८ जीबी र्याम र ६४ जीबी स्टोरेज दिइएको छ। यसमा पनि फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ भने फोनमा हेलियो जि ३७ चिपसेट प्रयोग गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स