फन्डामेन्टल स्टकले बजार चलायो भने २०८२ मा अल टाइम हाई ब्रेक हुन्छ: मदन पौड्याल

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ४ गते
फन्डामेन्टल स्टकले बजार चलायो भने २०८२ मा अल टाइम हाई ब्रेक हुन्छ: मदन पौड्याल

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा हामीले ब्रोकर नम्बर ५८, नासा सेक्युरिटीज का प्रमुख कार्यकारी अधिकृत मदन पौड्याल सँग पूँजी बजारको अवस्था र सम्भावनाका बारेमा विस्तृत कुराकानी गरेका थियौं। प्रस्तुत छ उक्त संवादको सम्पादित अंश:

नववर्षको शुभकामना?

नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा सम्पूर्ण लगानीकर्ताहरूमा नासा सेक्युरिटीजको तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तर–उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

आशा छ यो नयाँ वर्ष सम्पूर्ण नेपाली सेयर बजारका लागि शान्ति, समृद्धि र सम्भावनाको नयाँ ढोका खोल्नेछ। पूँजी बजारले सबैलाई समृद्धिको दिशातर्फ अगाडि बढाउने विश्वास लिएको छु।

२०८२ सालको सेयर बजार कस्तो देख्नुभएको छ?

“सेयर बजारलाई विभिन्न पक्षहरूले निर्धारण गर्ने गर्छ। राजनीतिक नियुक्तिले, राजनीतिक उतारचढावले, राष्ट्र बैंकको गभर्नरको नियुक्तिले… अनि राष्ट्र बैंकले सेयर बजारप्रति के नीति बन्छ भन्नेले।

अहिले लगानीकर्ताहरु धेरै उत्साहित देखिन्छन्, नयाँ गभर्नर आउँदा सेयर बजारप्रति भएका गाँठा फुक्नेछ भन्नेमा उनीहरू आशावादी छन्। लगानीकर्ताको मनोबल उच्च भए बजार पनि बढ्ने अपेक्षा गर्न सकिन्छ।”

कुन सेक्टर र कम्पनीहरू लगानीका लागि उपयुक्त लाग्छ?

“अहिलेको ट्रेण्ड हेर्दा, शर्ट टर्ममा फण्डामेन्टल स्टकले खासै राम्रो परफर्म गरेको देखिँदैन। लङ टर्म ट्रेन्ड भने फण्डामेन्टल स्टककै हो। फण्डामेन्टल स्टक नबढेसम्म बजारले नयाँ उचाई बनाउन सक्दैन।

त्यो कारणले मेरो पर्सनल भ्यूमा मा के लाग्छ भने… जब फण्डामेन्टल स्टकले बजार बढाउँछ, त्यो दिगो हुन्छ। र त्यसले मात्र नयाँ उचाई बनाउन सक्छ भन्ने लाग्छ।”

लगानीकर्ताका लागि के सल्लाह दिनुहुन्छ?

“म जैले पनि एउटै कुरा भन्छु — हल्लाको पछाडि नलागी, कम्पनीको अध्ययन गरेर लगानी गर्ने हो भने मात्र लगानीकर्ता सेफ जोनमा हुन्छ।

सर्ट टर्ममा कसरी कुन सेयर चल्यो भनेर पछि लाग्ने कुरा छोड्नुपर्छ। को मान्छे कुन सेयरको पछाडि लाग्यो, कसरी अपरेट गर्‍यो भन्ने कुरा पनि छोड्नुपर्छ।

त्यस्ता कम्पनीमा ट्रेड गर्नु भनेको आफ्नै पर्सनल रिस्कमा हो। तर लङ्ग टर्ममा त्यस्ता कम्पनी किनेर बस्ने मान्छे प्रायः घाटामै हुन्छ।

नन्-फन्डामेन्टल स्टक खासै चल्दैनन्। अहिले नै लगानी गरेर तीन वर्ष घाटा भए पनि जसको डिभिडेन्डले लगानीकर्ता पालिन्छ, त्यस्ता कम्पनीमा लगानी गरे पछि कहिल्यै पछुताउनु पर्दैन।”

२०८२ सालमा बजारले अल–टाइम हाई पार गर्न सक्छ?

“अघिल्लो पटक पनि बजार जब अल टाइम हाई पुग्न लाग्यो, त्यसबेला फन्डामेन्टल स्टक केही पनि चलेनन्। नन्-फन्डामेन्टल स्टक मात्रै चल्यो। बजारले सप्लाई थाम्न सकेन।

त्यसैले बजार फेरि घटेर तल आयो।

मेरो मान्यता के हो भने — फन्डामेन्टल स्टकले बजार चलायो भने मात्र अल टाइम हाई ब्रेक गर्दछ।

अब नन्-फन्डामेन्टलले बजार बढाउँदै लैजाँदा अल टाइम हाई ब्रेक गर्न अलिकति गाह्रो हुन्छ।

यसको लागि बिस्तारै बजार बढ्दै गएर, फन्डामेन्टल स्टक चलेर बजार चलायमान हुनुपर्छ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स