निर्माण व्यवसायीहरुले भुक्तानी माग गरेमा रित्तै फर्काउँनौं: अर्थमन्त्री पौडेल



Advertisement
Ads

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानूनसम्मत दाबी गरिएका सबै रकम भुक्तानी भइसकेको बताएका छन्। आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको ‘अर्थतन्त्र : नीति र व्यवहार’ विषयक छलफलमा उनले सबै निर्माण व्यवसायीलाई रितपूर्वक भुक्तानी माग गरेमा रित्तै नफर्काइने स्पष्ट पारे।


Advertisement

उनका अनुसार, गत वर्ष सम्पन्न सबै योजनाको भुक्तानी भइसकेको छ। भुक्तानीको दायित्व ठूलो भए पनि सरकारले जिम्मेवारी पूरा गरिसकेको उनले उल्लेख गरे। देशको आन्तरिक अर्थतन्त्र दबाबमा रहेको भन्दै सुधारका लागि सरकार गम्भीर गृहकार्य गरिरहेको उनले बताए।


Advertisement

पुँजीगत खर्चको संरचना विस्तार गर्न सरकार प्रयत्नशील रहेको पौडेलले बताए। तुलनात्मक रूपमा गत वर्षको भन्दा चालु वर्षको पुँजीगत खर्च वृद्धि भए पनि यो पर्याप्त नभएको उनको भनाइ छ।

उनले पोलिसी रिफर्मलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै विभिन्न अध्यादेश ल्याइएको बताए। यी अध्यादेशले निजी क्षेत्रको आत्मबल बढाएको र उनीहरूको माग सम्बोधन गर्न ६ वटा अध्यादेशमार्फत विभिन्न ऐन ल्याइएको उनले स्पष्ट पारे।

अर्थमन्त्री पौडेलले सरकारले ल्याएका अध्यादेशहरूको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर रहेको बताए।

साथै, निर्माण व्यवसायीको भुक्तानीसम्बन्धी सबै समस्या समाधान भइसकेको दाबी गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर