आइसिएफसी फाइनान्सको २१ औं साधारण सभा पुस २९ मा, बुक क्लोज कहिले ?

आइसिएफसी फाइनान्सको २१ औं साधारण सभा पुस २९ मा, बुक क्लोज कहिले ?
AdvertisementAds

आइसिएफसी फाइनान्सले पुस २९ गते आफ्नो २१ औं वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको बौद्ध हेरिटेज, बौद्ध पिपलबोटमा बिहान १० बजे देखि सुरु हुनेछ।

साधारण सभामा फाइनान्सले चालु आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। यसका साथै, संस्थापक समूहबाट तीन जना नयाँ सञ्चालकहरूको निर्वाचन र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावहरू पनि सभामा छलफलका लागि राखिने छन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १६ गतेसम्म कायम सेयरधनीहरू साधारण सभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स