instainsta

पुरानो लाभांश लिन सेयरधनीलाई आइसिएफसि फाइनान्सको आग्रह, अबको एक महिनाभित्र नलिए के हुने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ११ गते
पुरानो लाभांश लिन सेयरधनीलाई आइसिएफसि फाइनान्सको आग्रह, अबको एक महिनाभित्र नलिए के हुने ?
AdvertisementAds

आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को बाँकी नगद लाभांश लिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले आज सूचना प्रकाशित गर्दै केही सेयरधनीले हालसम्म पनि सो लाभांश नलिएको भन्दै एक महिनाभित्र सम्पर्क गर्न अनुरोध गरेको हो। लाभांश लिन नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

कम्पनीका अनुसार यदि तोकिएको एक महिनाभित्र पनि लाभांश नलिएमा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ। त्यसैले सम्बन्धित सेयरधनीले तोकिएको समयमै सम्पर्क गरी बाँकी लाभांश बुझ्न कम्पनीले आग्रह गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स