आईसीएफसी फाइनान्सले फागुन ११ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै

आईसीएफसी फाइनान्सले फागुन ११ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै

आईसीएफ फाइनान्स लिमिटेडले फागुन ११ गतेदेखि ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ, जसको कुल मूल्य ५० करोड रुपैयाँ हुनेछ।

कम्पनीले यसमध्ये ३० लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइमध्ये १० हजार इकाइ (५ प्रतिशत) सामूहिक लगानी कोषलाई छुट्याइनेछ र बाँकी सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम २ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त C-ASBA सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा तथा CDSC को मेरो सेयरमार्फत दिन सकिनेछ।

ऋणपत्रको निष्काशन प्रक्रिया छिटोमा फागुन १४ र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि पूरा हुने अपेक्षा गरिएको छ।

यो ऋणपत्र ७ वर्षे अवधिको हुनेछ र लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स