नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशशरण महतले आफूलाई ‘कुराभन्दा काम गर्ने उम्मेदवार’को रूपमा चिनाएको र जनताले यसैले उनलाई मतदान गर्ने विश्वास राखेको बताएका छन्।
उनले नुवाकोटसहित देशभर कांग्रेसका उम्मेदवार बलियो स्थितिमा रहेको दाबी गर्दै भने, “कांग्रेसका उम्मेदवार र कार्यकर्ता जनताको सुख-दुःखका साथी हुन् र कठिन परिस्थितिमा पनि उपलब्ध हुन्छन्।” वैकल्पिक भनिएका राजनीतिक शक्तिहरूको स्थायी परिचय नहुँदा संगठन र इतिहासको बलमा कांग्रेस टिकेको उनले बताए। नुवाकोटमा आफ्नो अनुभवको कुरा गर्दै महतले भने, “उर्जा मन्त्री र अर्थमन्त्री रहँदा विभिन्न परियोजनामा काम गरेर देखाइसकेको अनुभवले यस पटक पनि मतदाताले उनलाई रोज्नेछन्। उनले १० वर्षसम्म कांग्रेसको प्रतिनिधित्व नभएको कारण विकासमा कमी आएको भन्दै आफ्नो अगुवाइमा करिब सात अर्ब रुपैयाँ विनियोजन गरी सडक, पुल, कृषि, सिंचाइ र पर्यटन क्षेत्रमा व्यापक काम गरेको दाबी गरे।
उदाहरणका रूपमा उनले ककनीको बाटोमा १ अर्ब २० करोड, गगंटे–गोल्फू भन्ज्याङ मार्गमा १ अर्ब ३३ करोड, छहरे–टोखा बाटोमा ८८ करोड, ओखरपौवादेखि सडक सुधारमा ११ करोड, पन्चकन्याक–छहरे–घलेगाउँ मार्गमा १५ करोड विनियोजन गरी सडक र यातायात प्रणालीलाई सहज बनाएको बताए। साथै चौघडा–वाहुनबेसीसम्मको पुल निर्माण र सिंचाइ क्षेत्रमा ठूलो लगानीले कृषक र स्थानीय व्यवसायीलाई धेरै सहज भएको उनले उल्लेख गरे।
















प्रतिकृया