जलविद्युतको आईपिओ निष्काशन रोक्नु हुँदैन: कुलमान घिसिङ



Advertisement
Ads

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत क्षेत्रको विकास सर्वसाधारणको लगानीबाटै सम्भव रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको कार्यक्रममा उनले जलविद्युत आयोजनाहरूमा जोखिम रहे पनि नियमन गर्दै आईपीओ निष्कासन गर्नुपर्ने धारणा राखे।

प्राधिकरणले हालसम्म १२ हजार मेगावाट बराबरको विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ। हाल ३,५०० मेगावाटका आयोजना सञ्चालनमा रहेका छन्, तर हिउँदमा उत्पादन घटेर १,१०० मेगावाटमा सीमित हुन्छ। घिसिङले आगामी वर्षहरूमा २८,५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने लक्ष्य राखिएको उल्लेख गरे।


Advertisement

उनले पीपीए सम्झौता गरेर आयोजना रोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। ‘पीपीए गरिएका सबै आयोजना निर्माण चरणमा गएका छैनन्,’ उनले भने, ‘तर, नयाँ पीपीएको माग गर्नु कति उचित हो?’

नेपाल सरकारले भारतसँग क्रसबोर्डर प्रसारणलाइन सञ्चालनको सम्झौता गरिसकेको र यसले भारतलाई आम्दानीको ग्यारेन्टी गरेको घिसिङले स्पष्ट पारे।

विद्युत प्राधिकरणको ७ खर्ब सम्पत्तिबाट सर्वसाधारणलाई प्राथमिक सेयर प्रदान गर्नुपर्ने भन्दै उनले प्राधिकरणले २० प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरिरहेको जानकारी दिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर