महिला फुटबल च्याम्पियनसिपको खेल हेर्न हालसम्मकै महँगो टिकट शुल्क तिर्नुपर्ने, कति छ मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १२ गते
महिला फुटबल च्याम्पियनसिपको खेल हेर्न हालसम्मकै महँगो टिकट शुल्क तिर्नुपर्ने, कति छ मूल्य ?

नेपाल र म्यानमारबीचको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ बजे हुनेछ। चार राष्ट्र सम्मिलित प्रतियोगिताको समूह चरणमा शीर्ष स्थान हासिल गर्दै म्यानमारले फाइनलमा स्थान सुरक्षित गरेको हो, भने नेपाल दोस्रो स्थानमा रहँदै उपाधि भिडन्तमा प्रवेश गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फाइनल खेलका लागि टिकट दर सार्वजनिक गरेको छ। खल्ती एपमा खुला गरिएको दरअनुसार, भीआईपी टिकटको मूल्य २ हजार रुपैयाँ तोकिएको छ भने साधारण टिकटको मूल्य १ हजार रुपैयाँ निर्धारण गरिएको छ। नेपाली महिला फुटबल इतिहासमा यो टिकट दर हालसम्मकै उच्च हो। यसअघि सम्पन्न सफल महिला फुटबल प्रतियोगितामा भीआईपीतर्फ १५ सय र साधारणतर्फ ५ सय रुपैयाँ मात्र टिकट दर निर्धारण गरिएको थियो।

नेपाली महिला फुटबलका लागि ऐतिहासिक मानिएको यो फाइनल खेल दशरथ रंगशालामा हुने छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स