फागुन ५ गतेबाट निष्काशन भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ)मा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५०० कित्ता आइपीओ निष्काशन गरेको छ।
आइपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
आइपीओको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी” इश्युअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।




















प्रतिकृया