SHAREHUBSHAREHUB

कहिलेसम्म भर्न पाइन्छ पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ६ गते
AdvertisementAds
कहिलेसम्म भर्न पाइन्छ पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर?
AdvertisementAds

पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि जारी गरेको ५० प्रतिशत हकप्रद सेयर साउन ११ गतेसम्म भर्न सकिनेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गरिरहेको छ। हालको १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अर्थात् कुल ३१ लाख ६३ हजार कित्ता सेयर प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरिएको हो।

यसका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूलाई मात्र यो हकप्रदमा आवेदन दिन पाइनेछ।यस हकप्रद निष्काशनमा केयर रेटिङ नेपालले कम्पनीलाई “CARE-NP BB Issuer Rating” प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदनका लागि प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालय पुग्न सकिनेछ। साथै, सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था वा सीडीएससीको ‘मेरो सेयर’ मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स