अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमान्दार उद्योगी–व्यवसायीलाई डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै व्यवसायको नाममा आपराधिक गतिविधि गर्नेहरूलाई कडा कारबाही गरिने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेटसम्बन्धी कार्यक्रममा बोल्दै उनले सरकारले सही व्यवसायीलाई संरक्षण गर्ने र गलत काम गर्नेलाई कानुनी दायरामा ल्याउने नीति लिएको बताए।
“गल्ती नभएका उद्योगी व्यवसायी डराउनु पर्दैन” उनले भने “आपराधिक काम गर्ने, उद्योगी व्यवसायीको नाममा आपराधिक काम गर्नेहरूलाई केही गर्न सकिँदैन । साथीहरूलाई बचाउने नाममा अपराधीहरूलाई जोगाउन कसैलाई पनि नआउनु होला ।”
उनले आगामी बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, लगानीमैत्री वातावरण बनाउने र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने कार्यक्रम समेटिने उल्लेख गरे।
उनले आगामी बजेटलाई अर्थतन्त्र सुधारको ‘टर्निङ पोइन्ट’ बनाउने उल्लेख गर्दै प्रभावहीन आयोजनाहरू खारेज गर्ने, कर प्रणाली सुधार गर्ने र सार्वजनिक सेवामा डिजिटल प्रणाली लागू गर्ने योजना रहेको बताए।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया