लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ४ गते
लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी फागुन २७ गते, मंगलबार, ३१औं वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको फागुन २ गतेको बैठकले काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बोलाएको हो।

सभामा सञ्चालक समितिले निर्णय गरे अनुसार हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण छलफल गरी पारित गरिनेछ।

चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि सभामा गरिनेछ। साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा, फागुन १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स