हिमालयन डिस्टिलरीले गत वर्षको मुनाफाबाट सेयरधनीका लागि २० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको २४औं सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गर्नेछ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज मिति तोकेको छ। जस अनुसार, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्नेछन्।













प्रतिकृया