हिमालयन बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न १५ (पन्ध्र) दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले २०८२ असार २३ गते सूचना प्रकाशित गर्दै विभिन्न जिल्लामा रहेका जग्गा तथा भवन बिक्रीका लागि इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुलाई बोलपत्र पेश गर्न अनुरोध गरेको हो। सम्पत्ति नेपालका काभ्रेपलाञ्चोक, मकवानपुर, मोरङ, सुनसरी, सप्तरी, बारा, सर्लाही, पर्सा, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा रहेको उल्लेख गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार सम्पत्तिहरू विभिन्न नापा/गा.वि.स. अन्तर्गतको कित्ता नम्बर, क्षेत्रफल र स्थानसहित उल्लेख गरिएको छ। बोलपत्र पेश गर्दा इच्छुक पक्षले रु. १,००० (अक्षरेपी एक हजार मात्र) दस्तुर बैंकको कुनै पनि शाखाबाट बुझाई बोलपत्र फारम प्राप्त गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२/०४/०६ र खोल्ने मिति २०८२/०४/०७ बिहान ११:३० बजे तोकिएको छ। बोलपत्र सम्बन्धी सम्पूर्ण विवरण बैंकको काठमाडौंस्थित केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ।
बोलपत्रदाताले न्यूनतम १० प्रतिशत रकम धरौटीको रूपमा बैंक खातामा जम्मा गर्नुपर्नेछ। सबै प्रस्ताव गोप्य रूपमा मूल्याङ्कन गरी बैंकको निर्णय अनुसार प्रक्रिया अघि बढाइने बताइएको छ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया