सर्वसाधारणका लागि हिम स्टार उर्जाको आइपीओ निष्काशन मिति तय



हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले कुल ११ लाख १९ हजार कित्ता सेयरमध्ये आयोजनाबाट प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्याइएको भाग बाँडफाँट गरिसकेको छ।

अब बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गर्नेछ। यसमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गतेसम्म खुला हुनेछ।


Advertisement

कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको लागत १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। इक्रा नेपालले कम्पनीलाई औषत जोखिम जनाउने ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको र आवेदन सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर