हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले कुल ११ लाख १९ हजार कित्ता सेयरमध्ये आयोजनाबाट प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्याइएको भाग बाँडफाँट गरिसकेको छ।
अब बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गर्नेछ। यसमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गतेसम्म खुला हुनेछ।
कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको लागत १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। इक्रा नेपालले कम्पनीलाई औषत जोखिम जनाउने ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।
सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको र आवेदन सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।




















प्रतिकृया