हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि (भोलि) असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। आईपीओ अनुमति पाएको कुल ११ लाख १९ हजार कित्ता सेयरमध्ये आयोजनाबाट प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ।
अब बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। यसमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गतेसम्म खुला हुनेछ।
कम्पनीले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको लागत १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। इक्रा नेपालले कम्पनीलाई औषत जोखिम जनाउने ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ भने लगानीकर्ताले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन वा मेरो सेयर मार्फत आईपीओ भर्न सक्नेछन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया