हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले भोलि (जेठ ३०) गतेदेखि आफ्नो ३७ करोड ३० लाख रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
यसमा १ लाख ८६ हजार ५०० कित्ता सेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–८ र सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ अन्तर्गतका तोकिएका वडाका बासिन्दाका लागि छुट्याइएको छ। उनीहरूले असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ, अन्तिम म्याद असार २९ गतेसम्म रहनेछ। आवेदन फारम लिँदा २ रुपैयाँ शुल्क लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार २५० कित्ता सेयर छुट्याइएको छ। उनीहरूले असार १३ गतेभित्र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजनाको लागत १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.१४ वर्ष र छुटको दरमा ११.७५ वर्ष रहेको छ। इक्रा नेपालले कम्पनीलाई BB- रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्छ।
आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आवेदन सिटिजन्स बैंकको शाखा, स्थानीय वडा कार्यालय तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत दिन सकिनेछ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया