आजदेखि हिम स्टार उर्जा कम्पनीको आईपीओ निष्काशन खुला, क-कसले भर्न पाउने ?



हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज (जेठ ३० गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

यसमा १ लाख ८६ हजार ५०० कित्ता सेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–८ र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ अन्तर्गतका तोकिएका वडामा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। उनीहरूले असार १३ गतेभित्र आवेदन दिन सक्नेछन् भने आवेदनको अन्तिम म्याद असार २९ गतेसम्म रहनेछ। आवेदन फारम लिँदा २ रुपैयाँ शुल्क लाग्नेछ।


Advertisement

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार २५० कित्ता सेयर छुट्याइएको छ। उनीहरूले पनि असार १३ गतेभित्र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ। यो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष र छुटको दरमा लगानी फिर्ता अवधि ११.७५ वर्ष रहेको कम्पनीले जनाएको छ।

इक्रा नेपालले हिम स्टार उर्जा कम्पनीलाई BB- क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।

आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक व्यक्तिहरूले आवेदन सिटिजन्स बैंकका शाखा, स्थानीय वडा कार्यालयहरू वा बिक्री प्रबन्धकको वेबसाइटमार्फत दिन सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर