पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।विद्युतीय कारोबार (साइबर अपराध) अन्तर्गतको मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल पक्राउ नगर्न भनेको हो।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले आदेश दिँदै थप छलफलका लागि सरकारी पक्षलाई समेत झिकाएको छ। प्रहरीले पक्राउको तयारी गरेपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको मागसहित निवेदन दर्ता गराएकी थिइन्। उक्त निवेदनमा वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र डा. भीमार्जुन आचार्य, साथै अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।