कुलमानको रिटमा सुनुवाइ सुरु
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले एकअर्कालाई विपक्षी बनाएका रिटहरू सर्वोच्च अदालतको न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा दर्ता भएका छन्।
घिसिङको रिट दोस्रो नम्बरमा रहेकाले यसको सुनुवाइ सुरु भइसकेको छ। भने, पाँचौँ नम्बरमा रहेको शाक्यको रिटको पालो आजै आउने वा नआउने अझै स्पष्ट छैन।
पाँच महिना कार्यकाल बाँकी रहँदै बर्खास्त गरिएका घिसिङले आफ्नो पद पुनर्बहाली गर्न माग गर्दै सरकारको निर्णय बदर गराउन अदालतमा रिट दायर गरेका छन्। उनले आफ्नो अवकाशको पत्र खारेज गर्दै हितेन्द्रको नियुक्ति अमान्य ठहर गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, शाक्यले आफ्नो रिटमा विगतमा आफूलाई हटाएर गरिएको कुलमानको नियुक्ति गैरकानुनी भएको जिकिर गरेका छन्। उनले आफ्नो मुद्दा सर्वोच्चमै विचाराधीन रहेकाले कुलमानको नियुक्तिविरुद्ध प्रश्न उठाउन नसक्ने दाबी गरेका छन्।