लघुवित्तहरुलाई हकप्रद निष्काशन गर्ने बाटो खुलाईएको हो ?

लघुवित्तहरुलाई हकप्रद निष्काशन गर्ने बाटो खुलाईएको हो ?

नेपाल राष्ट्र बैंकले माघ २ मा ‘घ’ वर्गका लघुवित्त वित्तिय संस्थाहरुका नाममा एकीकृत निर्देशन २०८२ जारी गर्यो। पोहोर साल जारी गरिएको एकीकृत निर्देशन २०८१ तथा सो पश्चात २०८२ माघ २ सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी एकीकृत निर्देशन २०८२ जारी गरिएको हो। नेपाल राष्ट्र बैंकले आफूले ईजाजत दिएका  बैंक वित्तिय संस्थाहरुलाई आवश्यकता अनुसार निर्देशनहरु जारी गर्ने गर्दछ र इजाजतप्राप्त संस्थाहरु ती निर्देशनहरुको परिपालना गर्न वाध्यकारी हुने व्यवस्था छ।

हकप्रद सम्बन्धी व्यवस्था 

एकीकृत निर्देशन २०८२ को निर्देशन नम्बर १०/२०८२ को बुँदा नम्बर १४ र १५ मा हकप्रद सम्बन्धी व्यवस्था गरिएको छ। बुँदा नम्बर १४ मा भनिएको छ: लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धि एवम् पुँजी संरचना परिवर्तन गर्न चाहेमा यस बैंकको स्वीकृति लिई हकप्रद निष्काशन गर्न सक्ने छन्। यस सम्बन्धमा आवश्यक शर्तहरु यस बैंकले तोक्न सक्नेछ।

बुँदा नम्बर १५ मा हकप्रद सेयर बिक्रीका सम्बन्धमा विस्तृत उल्लेख गरिएको छ जसमा मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुद्रिढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तिय संस्थाहरुलाई यस बैंकबाट हकप्रद जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान गरिने छैन भनेर स्पष्ट उल्लेख गरिएको छ।

नयाँ होईन यो व्यवस्था: 

राष्ट्र बैंकले पोहोर साल एकीकृत निर्देशन २०८१ जारी गरेको थियो। लघुवित्त वित्तिय संस्थाहरुका नाममा जारी गरिएको सो निर्देशिकाको निर्देशन नम्बर १०/०८१ को बुँदा नम्बर १४ र १५ मा पनि हुबहु तिनै निर्देशनहरु उल्लेखित छन् जुन एकीकृत निर्देशन २०८२ को निर्देशन नम्बर १०/२०८२ को बुँदा नम्बर १४ र १५ मा उल्लेखित छन्।

राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाहरुलाई पुँजी वृद्धिका निम्ती मर्जर तथा प्राप्तीमै जोड दिएको छ। यो निर्देशनले हकप्रदका सम्बन्धमा केहि पनि नयाँ व्यवस्था गरेको छैन। यस सम्बन्धमा बजारको चिरफारले राष्ट्र बैंकको नियमन विभागका उच्च अधिकारीहरुसंग जिज्ञासा राख्दा हकप्रद निष्काशनका सम्बन्धमा कुनै नीतिगत परिवर्तन नगरिएको र राष्ट्र बैंकले बलियो पुँजी र पर्याप्त पुँजीकोष भएका वित्तीय संस्थाहरुको निर्माणका लागि मर्जर तथा प्राप्तीलाई नै जोड दिने उनीहरुको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स