गुराँस लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २ गते
गुराँस लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्त सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २३ गते बिहान ९ बजे धनकुटामा १०औं वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र करसहित ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आव २०८२/८३ का लागि बीपी एसोसिएट्सलाई लेखापरीक्षक पुन: नियुक्त गर्ने र संस्थापक समूहबाट ४ जना सञ्चालक नियुक्त गर्ने निर्णय गर्नेछ।

साधारण सभा र लाभांश वितरणका लागि कात्तिक १४ गते एक दिन बुकक्लोज गरिनेछ, जसअनुसार कात्तिक १३ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स