गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने १७ लाख बढीकाे हात खाली हुने भएकाे छ । पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुलेको यस आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १३.६६ गुणा बढी आवेदन परेको छ। यसरी, १९ लाख ८ हजार ४३१ आवेदकमध्ये करिब १७ लाख २३ हजार ५४३ जनाले सेयर पाउने संभावना नरहेको देखिएको छ।
सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पुस २१ गतेदेखि पुस २४ गतेसम्म निष्काशन गरिएकाे गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा कुल १९ लाख ८ हजार ४३ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।
प्रतिव्यक्ति न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरिने भएकोले, १८ लाख ४५ हजार कित्ताबाट करिब १ लाख ८४ हजार ५ सय जनालाई १०-१० कित्ताका दरले आईपीओ बाँडफाँट गरिनेछ। यसले गर्दा आवेदन दिएका करिब ९० प्रतिशत व्यक्तिलाई आईपीओ पर्ने छैन्। जस अनुसार, आवेदन दिएका मध्ये करिब ९.६६ प्रतिशत अर्थात् १० जनामा १ जनाले मात्र आईपीओ पाउने छन्।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया