गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा १७ लाखभन्दा बढीको हात खाली हुने, पर्ने सम्भावना कति ?



Advertisement
Ads

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने १७ लाख बढीकाे हात खाली हुने भएकाे छ । पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुलेको यस आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १३.६६ गुणा बढी आवेदन परेको छ। यसरी, १९ लाख ८ हजार ४३१ आवेदकमध्ये करिब १७ लाख २३ हजार ५४३ जनाले सेयर पाउने संभावना नरहेको देखिएको छ।

सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पुस २१ गतेदेखि पुस २४ गतेसम्म निष्काशन गरिएकाे गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा कुल १९ लाख ८ हजार  ४३ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।


Advertisement

प्रतिव्यक्ति न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरिने भएकोले, १८ लाख ४५ हजार कित्ताबाट करिब १ लाख ८४ हजार ५ सय जनालाई १०-१० कित्ताका दरले आईपीओ बाँडफाँट गरिनेछ। यसले गर्दा आवेदन दिएका करिब ९० प्रतिशत व्यक्तिलाई आईपीओ पर्ने छैन्। जस अनुसार, आवेदन दिएका मध्ये करिब ९.६६ प्रतिशत अर्थात् १० जनामा १ जनाले मात्र आईपीओ पाउने छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर