सेयरबजारमा हरियाली, बैंकिङ उपसमूहमा देखियो चमक

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २६ गते
सेयरबजारमा हरियाली, बैंकिङ उपसमूहमा देखियो चमक

आज बिहीबार सेयरबजार उत्साहजनक देखिएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा बन्द भएको छ। आजको सेयरबजारमा वाणिज्य बैंक उपसमूहमा चमक देखिएको छ। आज वाणिज्य बैंक उपसमूह ३.०२  प्रतिशतले बढेको थियो। आज १९ बाणिज्य बैंकहरु सबै बढेका थिए। बाणिज्य बैंकहरु मध्ये  सानिमा बैंकले आज सबैभन्दा धेरै नाफा कमाएको छ। यसको सेयर मूल्य ४.८० प्रतिशतले बढेको हो।

त्यस्तै,  नेपाल एसबीआइबैंकको सेयर मूल्य ४.७९ प्रतिशतले, लक्ष्मी सनराइज बैंकको ४.४८ प्रतिशतले, सिद्धार्थ बैंकको ३.९२ प्रतिशतले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.५२ प्रतिशतले,  प्राइम कमर्सियल बैंक ३.५२ प्रतिशतले, माछापुच्छ्रे बैंक ३.५१ प्रतिशतले,  ग्लोबल आइएमई बैंक ३.५० प्रतिशतले, कृषि विकास बैंक ३.४५ प्रतिशतले र  प्रभु बैंक ३.१९ प्रतिशतले उकालो लागेका छन्।

यस्तै कुमारी बैंकको सेयरमूल्य पनि २.९८ प्रतिशतले बढेर २१८.६३ मा बन्द भएको छ । सिटिजन बैंकको पनि  २.६० प्रतिशतले बढ्दा सेयरमूल्य २२० पुगेको छ  । यसैगरी, एनएमबी बैंकको २.४७ प्रतिशतले, नबिल बैंक २.४४ प्रतिशतले, हिमालयन बैंकको २.३५  प्रतिशतले, नेपाल बैंक लिमिटेडको २.३२ प्रतिशतले, एनआइसी एशियाको २.२६  प्रतिशतले, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.९४ प्रतिशतले र  एभरेष्ट बैंक १.४६ प्रतिशतले  बढेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स