पौडेल गभर्नर बन्ने संकेतपछि सेयरबजारमा हरियाली, झन्डै ५० अंकले बढ्यो नेप्से

पौडेल गभर्नर बन्ने संकेतपछि सेयरबजारमा हरियाली, झन्डै ५० अंकले बढ्यो नेप्से

आज नेप्से परिसूचक ४९.०९ अङ्कले बढेर २६७७.४५ मा बन्द भएको छ। १३ उपसमूह सबै बढेका छन् । आज ७ अर्ब ३१ करोड कारोबार भएको छ। यस दिन ३१० कम्पनीका १ करोड ६८ लाख हजार सेयर कारोबार हुँदा राधि बिद्युतको सर्वाधिक कारोबार भएको छ।

राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना बढेपछि सेयर बजारमा उल्लेखनीय सुधार देखिएको हो। सम्भव भएसम्म आजै योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेललाई गभर्नर सिफारिस गर्ने र साँझभित्र मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गर्ने तयारी भएको खबर बहिरेपछि सेयर बजार एकोहोरो बढ्न थालेको हो।

नेप्से ४९.०९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ४९.०९ अङ्कले बढ्दा २२९ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेघाश्री, राप्ती हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ।

TOP GAINERS 7 https://bajarkochirfar.com/greenery-in-the-stock-market-after-signs-of-poudel-becoming-governor-nepse-rises-by-almost-50-points | %tags

नेप्से ४९.०९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ४९.०९अङ्कले बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: बाराही हाइड्रोपावर, विन नेपाल लघुवित्त,रावा , दोर्दी खोला र आत्मनिर्भर लघुवित्त रहेको छ।

TOP LOSERS 5 https://bajarkochirfar.com/greenery-in-the-stock-market-after-signs-of-poudel-becoming-governor-nepse-rises-by-almost-50-points | %tags

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स