गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सदस्य छन्।
समितिले आजै नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनबीच राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ। बैठकबाट पौडेलको नाम सिफारिस हुने लगभग पक्का देखिएको छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया