भट्टसँग ट्युनिङ खोज्दै गभर्नर पौडेल, राजीनामा अस्वीकृत गरी गभर्नर कार्यालयमा ल्याए 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
भट्टसँग ट्युनिङ खोज्दै गभर्नर पौडेल, राजीनामा अस्वीकृत गरी गभर्नर कार्यालयमा ल्याए 

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा सरुवा गरेका छन्। भट्टलाई आर्थिक अनुसन्धान विभागबाट सरुवा गर्दै पौडेलले उनलाई आफ्नै कार्यलयमा ल्याएका हुन्। यसअघि राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले यो कार्यालय सम्हालिरहेका थिए, तर श्रेष्ठको अवकाशपछि भट्टलाई जिम्मेवारी दिइएको हो।

केही महिनाअघि गभर्नर पदको प्रतिस्पर्धामा रहेका भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर, तत्कालीन कामु गभर्नर निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी गभर्नर बन्नबाट रोकिएका थिए। नेपाली कांग्रेस र एमालेबीच भट्टलाई गभर्नर बनाउने सहमति भइसकेको भए पनि ढुंगानाले आफ्नो प्रतिस्पर्धी कमजोर बनाउने प्रयासस्वरूप भट्टको राजीनामा अस्वीकृत गरेकी थिइन्।

भट्टको राजीनामा अस्वीकृत हुँदा गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा पर्‍यो। अन्ततः भट्टको विकल्पका रूपमा विश्वनाथ पौडेल गभर्नर नियुक्त भए। अहिले गभर्नर बनेका पौडेलले भट्टलाई आफ्नो बलियो सहयोगीका रूपमा अगाडि ल्याउन खोजेका छन्। अमेरिका गएका भट्टले अहिलेसम्म यसबारे सार्वजनिक रूपमा कुनै धारणा व्यक्त गरेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स