नेपालमा ८७% जनताले मोबाइल बैंकिङ र ८६% ले डिजिटल वालेट प्रयोग गर्ने गभर्नरको दाबी

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
नेपालमा ८७% जनताले मोबाइल बैंकिङ र ८६% ले डिजिटल वालेट प्रयोग गर्ने गभर्नरको दाबी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल भुक्तानीको प्रयोग व्यापक भएको दाबी गरेका छन्।

आज सेतोपाटी कन्क्लेभमा बोल्दै उनले हाल नेपालमा ८७ प्रतिशत जनताले मोबाइल बैंकिङ प्रयोग गर्ने र ८६ प्रतिशतसँग डिजिटल वालेट रहेको बताएका छन्।

उनका अनुसार, २०८१ पुस मसान्तसम्म डिजिटल वालेट प्रयोगकर्ताको संख्या २ करोड ५६ लाख पुगेको छ भने मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख पुगेको छ। गभर्नरका अनुसार डिजिटल वालेटको संख्या २.७६ गुणाले बढेको छ भने मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १.८१ गुणाले वृद्धि भएको छ। त्यस्तै, क्यूआर मर्चेन्टको संख्या झण्डै ८.५ गुणाले बढेर २३ लाख पुगेको छ।

विद्युतीय भुक्तानी प्रणालीको विस्तार तीव्र गतिमा भइरहेको उल्लेख गर्दै उनले तीन वर्षअघि ४५ करोड रुपैयाँ मात्र रहेको डिजिटल कारोबार अहिले १ अर्ब ३५ करोड नाघिसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स