अब गभर्नर नियुक्ति छिट्टै हुन्छ, ओली-देउवाबीच सहमति भइसक्यो: सञ्चारमन्त्री गुरुङ

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३ गते
अब गभर्नर नियुक्ति छिट्टै हुन्छ, ओली-देउवाबीच सहमति भइसक्यो: सञ्चारमन्त्री गुरुङ
AdvertisementAds

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा चाँडै गभर्नर नियुक्ति हुने बताएका छन्।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको समग्र आर्थिक अवस्था सुधार गर्न सक्षम गभर्नर आवश्यक रहेकोले केही ढिलाइ भएको स्पष्ट पारे।

गभर्नर नियुक्तिको विषयमा सबै राजनीतिक दलको चासो हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भइसकेको जानकारी दिए।

अब संयन्त्रको बैठक बसेर नीतिगत मार्गनिर्देशन हुने विश्वास व्यक्त गर्दै उनले गभर्नरको समस्या चाँडै समाधान हुने दाबी गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स