गभर्नर अधिकारी भोलिदेखि १० दिन बिदामा बस्दै, कार्यभार डेपुटी गभर्नर ढुंगानाले सम्ह्लाने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ४ गते
गभर्नर अधिकारी भोलिदेखि १० दिन बिदामा बस्दै, कार्यभार डेपुटी गभर्नर ढुंगानाले सम्ह्लाने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भोलि (मंगलबार)बाट ‘फोर्स लिभ’मा बस्ने भएका छन्। ०७६ चैत २४ मा नियुक्ति प्राप्त अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ गते सकिँदै छ। कार्यकालको अन्तिम समयमा उनले १० दिनको अनिवार्य विदा लिएका छन्। विदा लिँदै गर्दा, गभर्नरको कार्यभार डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई दिइएको छ।

गभर्नर अधिकारी भोलिबाट विदामा बस्नेछन् र चैत १५ गते राष्ट्र बैंकमा फर्किनेछन्। कार्यकालको बाँकी ९ दिनमा उनले राष्ट्र बैंकबाट विदा लिने योजना बनाएका छन्। कार्यकालको समाप्तिमा गभर्नर अधिकारीले अत्यावश्यक निर्णय बाहेक अन्य निर्णय गर्न बन्द गरेका छन्।

यसै बीच, सरकारले नयाँ गभर्नर नियुक्त गर्न ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा गठन भएको समितिमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल पनि सदस्य रहेका छन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नरको नियुक्तिका लागि यस्तो सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स