गभर्नर अधिकारी आजदेखि बिदामा, नयाँ नियुक्ति प्रक्रिया अघि बढ्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ५ गते
गभर्नर अधिकारी आजदेखि बिदामा, नयाँ नियुक्ति प्रक्रिया अघि बढ्दै

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि बिदामा बसेका छन्। उनको कार्यकाल आगामी चैत २४ गते समाप्त हुन लाग्दा उनले अवकाशअघि १० दिनको बिदा लिएका हुन्।राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारी चैत १५ गतेसम्म बिदामा रहनेछन्। यस अवधिमा डेपुटी गभर्नर निलम ढुंगानाले कामु गभर्नरको जिम्मेवारी सम्हाल्नेछन्।

नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्दै

गभर्नर अधिकारीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइसकेको छ। केही साता अघि मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर नियुक्ति गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा समिति गठन भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स