रवि लामिछानेलाई सङ्गठित अपराधको मुद्दा नचलाएको भन्दै सरकारले चितवनका वकिलको सरुवा गरायो

रवि लामिछानेलाई सङ्गठित अपराधको मुद्दा नचलाएको भन्दै सरकारले चितवनका वकिलको सरुवा गरायो
AdvertisementAds

सरकारले जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेललाई रवि लामिछानेलाई सङ्गठित अपराध अन्तर्गत मुद्दा नचलाएको भन्दै काठमाडौँ सरुवा गरेको छ। रविको मुद्दा दर्ता भएको केही घण्टामै उनको आकस्मिक सरुवा गरिएको हो।

महान्यायाधिवक्ता कार्यालयबाट उनलाई रविविरुद्ध सङ्गठित अपराधको मुद्दा दर्ता गर्न दबाब भए पनि, उनले रविको संलग्नता नदेखिएको भन्दै उक्त मुद्दा नचलाउने निर्णय गरेका थिए।

सहारा चितवन सहकारी हिनामिना प्रकरणमा ३२ व्यक्ति र ६ संस्थाविरुद्ध मुद्दा दायर गरिएको छ। गोरखा मिडियाका सञ्चालकहरूमाथि सङ्गठित अपराधको मुद्दा लगाइए पनि, रवि लामिछानेविरुद्ध भने सहकारी ठगी मात्रको मुद्दा दायर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स