Closed 36 days ago

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

ministry of finance feature 1 https://bajarkochirfar.com/government-job/ministry-of-finance-announces-vacancy-for-executive-director-of-citizen-investment-trust/ | %tags

अर्थ मन्त्रालयले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Department अर्थ मन्त्रालय
Notice Date 25/06/2026
Deadline 15/07/2026

नेपाल सरकार, अर्थ मन्त्रालयको नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनोट तथा सिफारिस समितिले रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न सूचना प्रकाशित गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३/०३/११) ले २१ दिनभित्र अर्थात् २०८३/०३/३१ गतेसम्म कार्यालय समयमा अर्थ मन्त्रालय, सिंहदरबारको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्। उम्मेदवारको योग्यता नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम हुनुपर्नेछ। आवेदनका साथ शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटोका साथै व्यावसायिक कार्ययोजना (५००० शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेश गर्नुपर्नेछ। दरखास्त दस्तुर रु. ५,००० निर्धारण गरिएको छ। छनोट सूचीमा परेका उम्मेदवारले आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नुपर्नेछ। थप जानकारीका लागि अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np हेर्न वा ०१-४२११३६५ मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

ministry of finance 1 https://bajarkochirfar.com/government-job/ministry-of-finance-announces-vacancy-for-executive-director-of-citizen-investment-trust/ | %tags
 

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स