सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलायो

सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलायो

सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा सहभागी हुन आग्रह गरेको छ। गत चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न सरकार वार्ताको तयारीमा देखिएको हो।

नयाँ नियुक्त शिक्षामन्त्री रघुजी पन्तले पदभार सम्हालेको दुई दिनमै शिक्षकहरूसँग संवाद गर्न आह्वान गरेका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी प्रक्रिया रहेका छन्, र यसबारे सबैलाई जानकारी पनि छ।”

शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई छिटोभन्दा छिटो वार्तामा आउन सरकारको तर्फबाट हार्दिक आग्रह गरेका छन्। “विगतमा जस्तै निरन्तर संवाद र छलफलमार्फत मिलेर समाधान खोज्न हामी तयार छौं,” विज्ञप्तिमा उल्लेख छ।

newskarkahna news847820 https://bajarkochirfar.com/government-calls-on-protesting-teachers-for-talks-again | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स