खातामा १/२ कित्ता सेयर थुप्रिएर बसेको छ ? १ कित्ता सेयर पनि बेच्न मिल्छ ! हेर्नुहोस् ‘अड लट’ बेच्ने सजिलो तरिका

खातामा १/२ कित्ता सेयर थुप्रिएर बसेको छ ? १ कित्ता सेयर पनि बेच्न मिल्छ ! हेर्नुहोस् ‘अड लट’ बेच्ने सजिलो तरिका
Advertisement Ads

सेयर बजारमा लगानी गर्ने धेरै लगानीकर्ताको डिम्याट खातामा १,२,४, ५ वा १० कित्ता भन्दा कम सेयर जम्मा भइरहेको हुन्छ। यस्तो अवस्था प्रायः बोनस सेयर वा हकप्रद सेयर भर्दा कहिले थोरै कित्ता सेयर आउने र यसरी साना–साना कित्ता खातामै थुप्रिएर जम्मा हुन्छन। कतिपय लगानीकर्ताले त आफ्नो खातामा यस्ता सेयर रहेको कुरा नै बिर्सिसकेका हुनेछन्।

नेप्सेमा १० कित्ता भन्दा कम सेयर सामान्य बजार (नर्मल ट्रेडिङ) बाट कारोबार गर्न मिल्दैन। धेरै लगानीकर्ताहरुमा यस्ता सेयर बेच्न कि त त्यही कम्पनीको थप सेयर किनेर कित्ता संख्या बढाउनुपर्ने बाध्यता हुन्छ कि त सेयर जस्ताको तस्तै खातामै राख्नुपर्ने भ्रम रहँदै आएको छ।

अझै पनि धेरै लगानीकर्तालाई थाहा छैन कि यस्ता साना–साना कित्ता सेयर पनि सजिलै बेच्न सकिन्छ। यस्ता साना साना कित्ता सेयर लाई अड लट सेयर भनिन्छ। नेप्सेले २०७५ साल पुसदेखि अनलाइन सेयर कारोबार प्रणाली लागू गर्दा अड लट कारोबारको सुविधा पनि ल्याएको थियो। जहाँ लगानीकर्ताले १ देखि ९ कित्ता सम्म का कित्ता सेयर बेच्न त सकिन्थ्यो। तर, त्यसमा पनि अड लट कारोबारमा पारदर्शिता कम हुँदा कसले कति कित्ता सेयर खरिद वा बिक्रीमा राखेको छ भन्ने जानकारी लगानीकर्ताले सहजै पाउन सक्दैनथे।

त्यसलाई अझै पारदर्शी र सहज बनाउन नेप्सेले २०८२ साल साउनदेखि नयाँ व्यवस्था लागू गरेपछि अड लट सेयर कारोबार थप व्यवस्थित बनेको हो। नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले नेप्सेको आधिकारिक वेबसाइटमा रहेको मार्केट डेप्थ मार्फत कसले कति कित्ता खरिद (Buy) र बिक्री (Sell) मा राखेको छ भन्ने हेर्न सक्ने भएका छन्।

यससँगै अब १ देखि ९ कित्ता सम्मका सेयर बेच्न अझै सजिलो भएको छ। लगानीकर्ताले आफ्नो टीएमएस (TMS) रहेको अड लटमा गएर आफूसँग भएको सेयरको मूल्य र कित्ता म्याच गरी किनबेच गर्न सक्ने छन्।

कसरी बेच्ने त अड लट सेयर ?

मानौं, कुनै लगानीकर्ताको डिम्याट खातामा कुनै एक कम्पनीको २ कित्ता अड लट सेयर छ। यस्तो अवस्थामा सेयर बेच्नका लागि सबैभन्दा पहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा जानुपर्छ। वेबसाइटमा रहेको मार्केट डेप्थमा क्लिक गरी आफूले बेच्न चाहेको कम्पनीको नाम खोज्नुपर्छ।

POLITICS 64 https://bajarkochirfar.com/got-1-2-share-piled-up-in-your-account-you-can-sell-even-1-share-see-the-easy-way-to-sell-odd-lots | %tags

मार्केट डेप्थमा गएपछि सो कम्पनीको सेयर कारोबारको विवरण देखिन्छ। माथिल्लो भागमा रेगुलर बजारमा भइरहेको कारोबार देखिन्छ भने, त्यसको तलपट्टि अड लट (Odd Lot) कारोबारमा भइरहेको सेयरको कित्ता र मूल्य विवरण देख्न सकिन्छ।

POLITICS 65 https://bajarkochirfar.com/got-1-2-share-piled-up-in-your-account-you-can-sell-even-1-share-see-the-easy-way-to-sell-odd-lots | %tags

लगानीकर्ताले अड लट कारोबार अन्तर्गत Buyer ले  कुन मूल्यमा कति कित्ता सेयर किन्न राखेको छ हेरेर त्यसपछि आफ्नो टीएमएस (TMS) मा लगइन गरी अड लट मा जानुपर्छ।

टीएमएसको अड लट सेक्सनमा गएपछि मार्केट डेप्थमा देखिएको Buyer ले राखेको मूल्य र कित्ता संख्या अनुसार सेयर बिक्री (Sell Order) राख्न सकिन्छ। मूल्य र कित्ता म्याच भएसी लगानीकर्ताको अड लट सेयर तुरुन्तै बिक्री हुन्छ।

POLITICS 66 https://bajarkochirfar.com/got-1-2-share-piled-up-in-your-account-you-can-sell-even-1-share-see-the-easy-way-to-sell-odd-lots | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स