सर्वसाधारणका लागि गोर्खाज फाइनान्सले राख्यो संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

सर्वसाधारणका लागि गोर्खाज फाइनान्सले राख्यो संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २४ हजार ६८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त सेयर आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीका अनुसार यो संस्थापक सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौँको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स