पियोर इनर्जी लिमिटेडले आउँदो चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १६ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। पहिलो चरणमा, १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तथा १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकिएको छ।
पहिलो चरणको बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। अब, बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति छिटोमा वैशाख २ गतेसम्म तोकिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
गोल्यान ग्रुप अन्तर्गतको यो सोलार कम्पनी हाल बाँकेमा १०-१० मेगावाट क्षमताका दुई सौर्य आयोजना सञ्चालन गरिरहेको छ, जुन २०८० सालदेखि नै व्यावसायिक उत्पादनमा छन्। कुल २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी बनेको छ।















प्रतिकृया