पियोर इनर्जी लिमिटेडले भोलि चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १६ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। कम्पनीले सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले स्थानीयलाई १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ४४ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ ।
सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म तोकिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। गोल्यान ग्रुप अन्तर्गतको यो सोलार कम्पनी हाल बाँकेमा १०-१० मेगावाट क्षमताका दुई सौर्य आयोजना सञ्चालन गरिरहेको छ, जुन २०८० सालदेखि नै व्यावसायिक उत्पादनमा छन्। कुल २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी बनेको छ।















प्रतिकृया