गोल्यान ग्रुपको पियोर इनर्जी लिमिटेडले आज (चैत २८) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ लाख ९५ हजार २०० कित्ता निष्काशन गरेको हो।
सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म तोकिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
गोल्यान ग्रुप अन्तर्गतको यो सोलार कम्पनीले बाँकेमा २० मेगावाट क्षमताका सौर्य परियोजना सञ्चालन गरिरहेको छ, र यो नेपालकै सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी बनेको छ।















प्रतिकृया