आज नेपाली बजारमा सुन बढ्यो, चाँदी घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
आज नेपाली बजारमा सुन बढ्यो, चाँदी घट्यो
Advertisement Ads

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ३,२८,६०० रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार यो मूल्य ३,२६,१०० रूपैयाँ थियो।

सुनको मूल्य सोमबार प्रतितोला ५,६०० रूपैयाँले बढेकोमा, आज थप २,५०० रूपैयाँले वृद्धि भएको छ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ६,०२० रूपैयाँमा कारोबार भएको चाँदी आज ५,८१५ रूपैयाँमा कारोबार भइरहेको छ। यस अनुसार चाँदीको मूल्य प्रतितोला २०५ रूपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔंस ५,३६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement Ads

Copy of Copy of GOLD SILVER 1 https://bajarkochirfar.com/gold-rose-silver-fell-in-the-nepali-market-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स