सोमबार सुनको मूल्य घट्दा तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ। छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर तोलाको १ लाख ५७ हजार रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ५७ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोलाको १ हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ।