नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको हो। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर तोलामा २ हजार ४२५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिकृया